जनताको अपेक्षा पूरा गर्न गठबन्धन दल एक हुनुपर्छ : महामन्त्री शर्मा
काठमाडाैं | फागुन ३०, २०७९
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको पाँच वर्ष जनताको अपेक्षा पूरा गर्नका लागि एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन्।
नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले पाँच वर्षसम्म संसदलाई बिघटित नहुनेगरी गठबन्धन दलहरु जनताको अपेक्षा पूरा गर्न एकीकृत रुपमा अघि बढ्नुपर्ने बताएका हुन्।
उनले मुलुकलाई स्थीरता राखेर नै मुलुकको विकासको आकांक्षा पूरा हुने जिकिर गर्नुभयो । अहिले राजनीतिमा देखिएका वितृष्णा, अर्थतन्त्रका समस्या,व्यवसायीको पीडालगाय मुलुकमा देखिएका नकारात्मक संकेतलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। उनले अहिले बाहिर हल्लाचलेजस्तो मुलुकको आर्थिक अवस्था धेरै नराम्रो नरहेको धारणा राखे।
महामन्त्री शर्माले अब मुलुकको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा नियन्त्रणतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

